Connect with us
Kapilvast Forest

प्रतिनिधिसभा बैठक सर्‍यो

२०८२, २१ जेष्ठ मंगलवारमा प्रकाशित

काठमाडौं –

प्रतिनिधिसभाको बैठक दिउँसो सरेको छ। बिहान ११ बजेका लागि बोलाइएको बैठक आजै दुई बजेलाई  सारिएको हो।विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै सदन चल्न दिएका छैनन्। उनीहरूसँग सभामुख देवराज घिमिरेले छलफल गरिरहेकाले बैठकको समय धकेलिएको हो।

सदनको अवरोध हटाउने सहमति खोज्न भएको छलफलमा विपक्षी दलहरू गृहमन्त्री रमेश लेखकलाई बोल्न दिन तयार भएका छन्।गृहमन्त्रीको जवाफमा चित्त बुझे दलीय आधारमा बोल्ने र बैठक अघि बढाउने गरी सहमति बनेपछि अहिले विपक्षी दलहरू आन्तरिक छलफलमा जुटेका छन्।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu