Connect with us
Kapilvast Forest

‘सरकारले चाल्ने कदम हेरेर अबकाे रणनीति तय गर्छौँ’:माओवादी

२०८२, २३ जेष्ठ बिहीबारमा प्रकाशित

काठमाडौं –

नेकपा माओवादी केन्द्रले संसदमा जारी गतिरोध अन्त्यका लागि अधिकतम प्रयास गर्ने बताएको छ। बिहीबार बिहान अध्यक्ष प्रचण्डको निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले गतिरोध अन्त्यका लागि सिर्जनात्मक र रचनात्मक ढंगले प्रस्तुत हुने निर्णय गरेको हो।जिम्मेवार प्रतिपक्षको हिसाबले निकास निकाल्न हाम्रो अधिकतम जोड हुनेछ,’ बैठकपछि पार्टीका प्रवक्ता अग्नि सापकोटाले भने, ‘निकास निकाल्न रचनात्मक ढंगले लाग्नेछौँ ।’

प्रवक्ता सापकोटाले भिजिट भिसा प्रकरणमा छानबिन गर्नुपर्छ भन्ने आफूहरूको मुख्य माग रहेको बताए। त्यसका लागि सरकारले बनाउने वातावरण अनुसार अघि बढ्ने उनले बताए। यसबारे सरकारसँग र अन्य विपक्षी दलहरुसँग पनि छलफल गरेर अघि बढ्ने उनको भनाइ छ।भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक मुछिएको भन्दै उनको राजीनामा माग्दै नेकपा माओवादी केन्द्रसहितका प्रतिपक्षी दलले संसद अवरुद्ध गर्दै आएका छन्। गतिरोध नहट्दा संसदमा बजेटमाथिको छलफल शुरु हुन सकेको छैन।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu