Connect with us
Kapilvast Forest

आज निर्जला एकादशी , तुलसीको दल राख्ने दिन

२०८२, २५ जेष्ठ शनिबारमा प्रकाशित

काठमाडौं-

जेष्ठ शुक्ल एकादशी अर्थात् निर्जला एकादशी। तुलसीको दल (बिउ) राख्ने दिन। यो दिन छरिएको बिउ एक महिनापछि आषाढ शुक्ल एकादशीका दिन तुलसी मठमा सार्ने विधान छ।यद्यपि शुक्रबार नै पूरा ६० घडी एकादशी थियो। पञ्चांगहरूमा शनिबार ३३ पला अर्थात् बिहान ५ बजेर २३ मिनेटसम्म मात्र  एकादशी उल्लेख छ। द्वादशीलाई स्पर्श गरेको एकादशी मानिने वैष्णव मान्यताअनुसार शनिबार तुलसीको दल राख्न लागिएको हो।

मूल वैदिक परम्परामा तिथि टुट्ने परम्परा नरहेको वैदिक पात्रोका सम्पादक प्रमोदवर्धन कौण्डिन्न्यायन बताउँछन्। त्यसैले औँसीपछि गन्दै जाँदा ११ औँ दिनमा एकादशी पर्ने उनको भनाइ छ। वैष्णव परम्परामा यो दिन निर्जल (पानीसमेत नपिई) व्रत बस्ने परम्परा छ। दिनभर व्रत बसी भगवान् विष्णुको पूजाआराधना गर्ने र माहत्म्य वाचन श्रवण गरिन्छ।

एकादशी भगवान् विष्णुसँग सम्बन्धित पर्व हो। एकादशीका दिन विशेषगरी भगवान् विष्णुको पूजा आराधना गर्ने र माहत्म्य पाठ गर्नेजस्ता कर्म गरिन्छ। एकादशी शुक्ल र कृष्ण पक्षमा गरी महिनामा दुई पटक पर्छ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu