Connect with us
Kapilvast Forest

आज १७औँ विश्व खाद्य स्वच्छता दिवस मनाइँदै

२०८२, २५ जेष्ठ शनिबारमा प्रकाशित

काठमाडौं –

‘खाद्य पदार्थमा स्वच्छताः विज्ञानको अपरिहार्यता’ नाराका साथ शनिबार १७औँ राष्ट्रिय खाद्य स्वच्छता दिवस मनाइँदै छ ।सन् २०१८ को संयुक्त राष्ट्रसंघको ७३औँ महासभाले सन् २०१९ देखि हरेक वर्ष जुन ७ तारिखका दिन विश्व खाद्य स्वच्छता दिवस मनाउने निर्णय गरेको थियो। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जेठ १८ गते आइतबारदेखि २४ गते शनिबारसम्म सप्ताहव्यापी रूपमा दिवसका विभिन्न कार्यक्रम गरिरहेको प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिए।

विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार हरेक वर्ष विश्वमा अस्वच्छकर एवम् दूषित खाद्य पदार्थबाट झाडापखालादेखि क्यान्सरसम्मका २०० भन्दा बढी रोग लाग्ने गरेको छ। प्रत्येक १० जनामध्ये एक जना मानिस विषाक्त खाद्य पदार्थको उपभोगका कारण बिरामी हुने गरेका छन् । चार लाख २० हजार  मानिसको खाद्य जनित रोगबाट मृत्यु हुने गरेको छ । झाडापखालाबाट करिब ५५ करोड बिरामी र दुई लाख ३० हजार मानिसको मृत्यु हुन्छन्।

विश्वमा खाद्य स्वच्छता दिवस मनाउनुअघिदेखि नै नेपालमा यससम्बन्धी कार्यक्रम आयोजना गर्न थालिएको थियो । नेपालमा विसं २०६५ देखि विभागले विश्व खाद्य स्वच्छता दिवस मनाउन शुरु गरेको हो।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu