Connect with us
Kapilvast Forest

बेलिब्रिज जडानपछि खुल्यो कान्ति राजमार्ग

२०८२, २६ जेष्ठ आईतवारमा प्रकाशित

काठमाडौं

बागमती नदीको बगुवा खोलामा बेलिब्रिज राखेपछि कान्ति राजमार्ग आज बिहानदेखि सञ्चालनमा आएको छ ।मकवानपुर र ललितपुरलाई जोड्ने स्थानमा गएराति बेलिब्रिज जडान कार्य सम्पन्न भएकोपछि पुलबाट सवारी साधन चल्न थालेका हुन् । कान्ति राजमार्ग सडक आयोजनाका प्रवक्ता ई। उपेन्द्र महरानका अनुसार आज बिहान ९ बजेदेखि पुल पूर्णरुपमा सञ्चालनमा आउने छ ।

गत वर्ष असोजमा आएको बाढीले पुलको मकवानपुरतर्फको भाग भत्काएपछि डाइभर्सनमार्फत् सवारी साधन सन्चालन हुँदै आएका थिए । तर डाइभर्सन गरिएको स्थानमा राखिएका ह्युमपाइप सानो बाढीले पनि बगाइदिने गरेकाले यात्रा अप्ठेरो हुने गरेको थियो ।हालै बेलिब्रिज जडान गर्नका लागि चार दिनसम्म डाइभर्सनबाट पनि यात्रा गर्न रोक लगाइएको थियो । बेलिब्रिज जडान कार्य सम्पन्न भएर गाडी पनि चल्न थालिसकेकाले अब कान्ति राजमार्गमा यात्रा सहज हुने अपेक्षा छ ।

भारबहन क्षमता ३० टन मात्र

कान्ति राजमार्ग सडक आयोजनाका प्रवक्ता ई। उपेन्द्र महरानका अनुसार बेलिब्रिजको भारबहन क्षमता ३० टन मात्र छ ।त्यसैले सडक आयोजनाले मकवानपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएर दुवैतर्फ मालबाहक सवारी साधनलाई निगरानी गर्न अनुरोध गरेको छ ।

मालवाहक सवारी ट्रकरट्रेलर को हकमा एक पटकमा एकतर्फी गुडाउनुका साथै अधिकतम कुल वजन ३० टन र अधिकतम प्रतिएक्सल वजन १० टनमात्र हुने गरी सवारी साधन सञ्चालनको प्रबन्ध मिलाइएको प्रवक्ता महरानले बताए । ‘१२ चक्के ट्रक खाली छ भने बेलिब्रिजले धान्छ तर भारी बोकेको १२ चक्के गाडीलाई धान्दैन,’ प्रवक्ता महरानले भने ‘त्यसैले दुवै जिल्लाका सिडियो कार्यालयलाई पनि त्यो जानकारी गराएका छौं ।’

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu