Connect with us
Kapilvast Forest

एमाले महासचिव शंकर पोख्रेलको निर्वाचन क्षेत्र दाङ २ बाट ८७ जनाले गरे एमाले परित्याग: नमावली सहित

२०८२, ३१ जेष्ठ शुक्रबारमा प्रकाशित

काठमाण्डौ –

एमाले महासचिव शंकर पोख्रेलको निर्वाचन क्षेत्र दाङ-२ बाट ८७ जनाले एमाले परित्याग गरेका छन् । पार्टी परित्याग गर्नेमा गएको निर्वाचनमा दाङ क्षेत्र नं.२ (२) बाट उम्मेदवार बनेका गिरिराज केसी सहित छन् । उनी कांग्रेसका प्रचण्ड विक्रम न्यौपानेसँग झिनो मतले पराजित भएका थिए ।

एमालेका पूर्व प्रदेश कमिटी सदस्य समेत रहेका केसीसहित पूर्व प्रदेश कमिटी सदस्य घोराही-८ निवासी गणेश लम्साल, तुलसीपुर-७ प्रसेनी निवासी पिताम्बर आचार्य, दंगीशरण-५ निवासी दुश्यत चौधरी, तुलसीपुर-३ निवासी कलिभान रोका सहित ८६ जनाले बिहीबार विज्ञप्ति जारी गरि पार्टी परित्याग गरेका हुन् ।

एमाले पार्टी कै सरकार हुँदा ठूला–ठूला भ्रष्टाचारका काण्डहरुमा नेताहरु नै मुछिनु र आफै सरकारमा हुँदा ठूला–ठूला जुलुस निकाल्ने कार्य गरेको भन्दै पार्टी परित्याग गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ  । आफैँ सत्तामा हुँदा पनि आफैँ धामी र आफैँ बोक्सी हुने कार्य भएको समेत विज्ञप्तिमा उल्लेख  छ ।

 

साभार : नयाँपत्रिका

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu