Connect with us
Kapilvast Forest

भिजिट भिसा प्रकरणमा १४ जना गृहमन्त्रीमाथि छानबिन गर्ने राप्रपाको प्रस्ताव

२०८२, ५ असार बिहीबारमा प्रकाशित

काठमाडौं –

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले भिजिट भिसा प्रकरणमा १४ जना गृहमन्त्रीमाथि छानबिन गर्नुपर्ने बताएको छ ।बिहीबार प्रतिनधि सभामा बोल्दै राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले यस्तो प्रस्ताव राखेका हुन् ।भिजिट भिसा प्रकरणमा पुर्ब गृहमन्त्री कृष्णप्रसाद सिटौला देखि बाहालवाला गृहमन्त्री रमेश लेखक सम्मका १४ जना गृहमन्त्री लाई छानबिनको दायरामा ल्याउनुपर्ने उनको आग्रह छ ।

भिजिट भिसा प्रकरण कुनै दल विशेषको नभई सबैको साझा मुद्दा भएकाले यस विषयमा सबै दल एक ठाउँमा आउनुपर्ने उनको आह्वान छ ।भिजिट भिसा प्रकरणमा छानबिन समिति नभएसम्म आफूहरुको विरोध कायमै रहने उनले बताए ।

शाहीले आफूहरूको विरोधका बाबजुद सदन चलाउन सभामुखलाई बाध्य नपार्न सरकारलाई सुझाव दिए । विरोधकाबीच संसदको कार्यसूची अघि बढेपछि रास्वपाका सांसदहरूले बेल घेराउ गरे । तर, राप्रपाका सांसदहरूले बैठक बहिष्कार गरेर बाहिरिए ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu