Connect with us
Kapilvast Forest

बुटवल नारायणगढको वैकल्पिक सडक पनि बाढीले अवरुद्ध

२०८२, ९ असार सोमबारमा प्रकाशित

बुटवल-

पूर्वपश्चिम राजमार्गको नारायणगढ बुटवल सडक खण्डको वैकल्पिक मार्ग पनि बाढीका कारण अवरुद्ध भएको छ । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका १ दुम्किबासको विनयी खोलामा डाइभर्सन बन्द गरेर वैकल्पिक मार्गको रुपमा प्रयोग गरिएको दुम्किबास–सर्दी–होङ्सी सिमेन्ट गेट पनि बन्द भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

सोमबार विहान वर्षाले विनयी त्रिवेणी गाउँपालिका ३ स्थित खरङ्गे खोलामा पानीको बहाव बढ्न गाई कुनै पनि प्रकारको सवारी साधन आवत जावन गर्न नसक्ने अवस्थामा रहेको प्रहरी नायव उपरीक्षक मधु नेपालले बताए ।

प्रहरी नायव उपरीक्षक मधु नेपालका अनुसार डाइभर्सन बगेपछि होल्डमा रहेको साना तथा मध्यम सवारी साधनहरुलाई वैकल्पिक मार्ग प्रयोग गरेर कटाइएकोमा बाढीले भित्री सडक खण्ड अवरुद्ध भएपछि होल्डमा रहेका सवारी साधनलाई सुरक्षित स्थानमा राखिएको छ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu