Connect with us

लुम्बिनी विकास कोषको सदस्य सचिव बने पाण्डेय

२०८३, १९ कार्तिक बुधबारमा प्रकाशित

लुम्बिनी विकास कोषको सदस्य सचिवमा सन्तोष पाण्डेय नियुक्त भएका छन्। मन्त्रिपरिषद् बैठकले इन्जिनियर पाण्डेयलाई सदस्य सचिवमा नियुक्त गरेको हो।

रुपन्देहीको तिलोत्तमा नगरपालिकाका स्थायी बासिन्दा पाण्डेय प्रधानमन्त्री बालेन्द्र शाह काठमाडौँ महानगरपालिकाको प्रमुख हुँदा देखिनै अति निकटस्थ भएर सचिवालयमा काम गरिरहेका थिए ।

सरकारले केही दिन अघि मात्रै लुम्बिनी विकास कोषको उपाध्यक्षमा गायिका समेत रहेकी आनि छोईङ डोल्मालाई नियुक्त गरेको थियो।