Connect with us
Kapilvast Forest

नेपाली राजनीतिको संस्थापन माओवादी, अरु शक्ति प्रतिपक्ष : प्रचण्ड

२०८२, २५ असार बुधबारमा प्रकाशित

काठमाडौं

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली राजनीतिको संस्थापन पक्ष माओवादी भएको बताएका छन् ।अहिले कानुनी र संख्याको हिसाबले प्रतिपक्षमा बसे पनि एजेन्डाका हिसाबले माओवादी संस्थापन र अरु दल प्रतिपक्ष भएको प्रचण्डको विश्लेषण छ ।

उनले फेसबुकमा लेखेका छन्, ‘जतिसुकै संख्या भए पनि माओवादी संस्थापन हो, अरू शक्ति प्रतिपक्ष हुन् । यो संविधान र लोकतान्त्रिक गणतन्त्रको आधिकारिक पक्ष माओवादी नै हो ।’

उनी अगाडि थप व्याख्या गर्दै भन्छन्, ‘अहिले कानुनी र संख्याको हिसाबले हामी सदनमा तेस्रो स्थानमा छौं । तर हाम्रो जतिसुकै सिट हुँदा पनि आजको नेपाली राजनीति, संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान, महिला, दलित, आदिवासी, जनजाति, मजदुर, किसान, मधेसी, मुस्लिम सबै उत्पीडित समुदायको अधिकार र पहिचान स्थापना गर्ने हिसाबले नेपाली राजनीतिको संस्थापन पक्ष माओवादी नै हो ।’

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu