Connect with us
Kapilvast Forest

माओवादी नेताले छोराछोरीलाई सरकारी स्कुलमा पढाउनैपर्छ, विदेश पठाउन पाइँदैन : प्रचण्ड

२०८२, २३ श्रावण बिहीबारमा प्रकाशित

काठमाडौँ-

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका पदाधिकारी र जनप्रतिनिधिहरूले अबदेखि आफ्ना सन्तानलाई अनिवार्य सार्वजनिक विद्यालयमै अध्ययन गराउनुपर्ने बताएका छन्। काठमाडौँमा आज आयोजित एक संवाद कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन्।

उनले केन्द्रीय समितिको बैठकपछि आफूले माओवादी केन्द्रको नेतृत्वमा भएका १२३ वटा सरकार प्रमुख, उपप्रमुख र पार्टी नेताहरूलाई काठमाडौँमा भेला गरेर आफ्ना सन्तानलाई सार्वजनिक विद्यालयमै अध्ययनका लागि पठाउने व्यवस्था गर्न निर्देशन दिइसकेको बताए।उक्त निर्णय लागू भइरहेको पनि अध्यक्ष दाहालको दावी छ। अबबाट पार्टीका नेताहरूलाई आफ्ना सन्तान पढाउनका लागि विदेश नपठाउने निर्णय भएको पनि उनले बताए।आफ्ना सन्तनहरू कसैले पनि विदेशमा अध्ययन नगरेको उनको भनाइ थियो।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu