Connect with us
Kapilvast Forest

“समाजवादी क्रान्तिको नविन कार्यदिशामा अघि बढेका छौ”: पोलिटब्युरो सदस्य भुसाल

२०८२, ५ भाद्र बिहीबारमा प्रकाशित

न्युज सेन्टर नेपाल, कपिलवस्तु — नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) का पोलिटब्युरो सदस्य भेषराज भुसालले पार्टीले समाजवादी क्रान्तिको नविन कार्यदिशा “एकीकृत जनक्रान्ति” जीवन व्यवहारमा लागू गरिरहेको दाबी गर्नुभएको छ ।

उनका अनुसार पार्टीले विगतको कम्युनिस्ट आन्दोलनमा देखिएका केही कमजोरीलाई परास्त गर्दै नयाँ राजनीतिक यात्रातर्फ अघि बढिरहेको छ ।

भुसालले पार्टीले सामाजिक संजालमा लेख्दै भन्नुहुन्छ- विचार, अर्थप्रणाली, संगठन, रणनीति–कार्यनीति र संसदीय निर्वाचनप्रतिको दृष्टिकोणमा देखिएका विकृतिबाट मुक्ति पाएको बताउनुभयो ।

भुसालका अनुसार विचारमा दक्षिणपन्थी संशोधनवाद र जडशुत्रवाद, अर्थप्रणालीमा काल्पनिक आदर्शवाद तथा श्रमचोरी, संगठनमा नोकरशाही प्रवृत्ति र अराजकतावाद, रणनीति र कार्यनीतिमा असन्तुलन तथा निर्वाचनप्रति बहिष्कारवाद र लम्पसारवादजस्ता समस्यामाथि पार्टीले विजय हासिल गरेको छ ।

पार्टीले प्रस्तुत गरेको “एकीकृत जनक्रान्ति” लाई आगामी समाजवादी क्रान्तिको मार्गदर्शक कार्यदिशा हुने भुसालले उल्लेख गर्नुभयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu