Connect with us
Kapilvast Forest

रोमाञ्चक जितसँगै नेपाल विश्वकपनजिक, सन्दिपकाे उत्कृष्ट बलिङ

२०८२, २८ आश्विन मंगलवारमा प्रकाशित

काठमाडौ । आइसिसी टी–२० विश्वकप छनोटको सुपर सिक्समा नेपालले कतारमाथि रोमाञ्चक जित निकालेको छ।
सोमबारको खेलमा कतारलाई नेपालले ५ रनले हराएको छ। यो जितले सुपर सिक्समा नेपालको ६ अंक भएको छ। यससँगै नेपाल विश्वकप नजिक पुगेको छ।
कतारविरुद्धको खेलमा सन्दीप लामिछाने र नन्दन यादबले उत्कृष्ट बलिङ गरे। सन्दीपले ५ विकेट तथा नन्दनले २ विकेट लिए ।
पहिला ब्याटीङ गरेको नेपालले १४८ रनको मध्यम लक्ष्य दिएको थियो। जवाफी ब्याटीङमा कतार १४२ रनमै अलआउट भयो। अन्तिम ओभरमा कतारका लागि १० रन चाहिएको थियो। सन्दीप लामिछानेले ४ रन दिएर दुई विकेट लिएपछि कतार अलआउट भएको हो।

कप्तान रोहित पौडेलले अर्धशतक मद्दतमा नेपालले कतारलाई १४८ रनको लक्ष्य दिएको थियो। रोहितले सर्वाधिक ५८ रन बनाउँदा उपकप्तान दीपेन्द्रसिंह ऐरीले २६, गुल्सन झाले १६ तथा सोमपाल कामीले १४ रन योगदान गरे।

नेपालले टस हारेपछि सुरुमा ब्याटिङ गरेको थियो। प्रशिक्षक स्टुआर्ट लले खेलमा एक परिवर्तन गरेका थिए। स्पिनर ललित राजवंशीको स्थानमा अलराउन्डर आदिल आलमलाई अवसर दिएका थिए।

विश्वकप छनोटका सबै खेलमा नेपाल विजयी हुँदै आएको छ। अब सुपर सिक्समा ओमान र सामोआविरुद्ध दुई खेल बाँकी छ।
सुपर सिक्समा यसअघि नेपालले यूएईमाथि १ रनको रोमाञ्चक जित निकालेको थियो।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu