Connect with us
Kapilvast Forest

एमालेको एघारौं महाधिवेशन मंसिर २७ मा हुने

२०८२, १ कार्तिक शुक्रबारमा प्रकाशित

नेकपा एमालेले ११ औँ महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म गर्ने निर्णय गरेको छ ।

बुधबारदेखि आजसम्म चलेको केन्द्रीय कमिटी बैठकले मंसिर २७ देखि २९ सम्म महाधिवेशन गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

उनका अनुसार, महाधिवेशन पोखरामा हुनेछ ।

केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले महाधिवेशनको मितिसहितको राजनीतिक प्रतिवेदन पेश गरेका थिए ।

उक्त प्रतिवेदन हलबाट पारित भएको छ । तर, प्रतिवेदन पारित गर्ने क्रममा विवाद भएपछि उपाध्यक्षहरू युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले प्रतिवाद गरेका थिए ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu