Connect with us
Kapilvast Forest

कात्तिकका लागि वाणिज्य बैकले घटाए व्याजदर

२०८२, २ कार्तिक शनिबारमा प्रकाशित

वाणिज्य बैंकहरूले कात्तिक महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। असोज महिनाको तुलनामा कात्तिकमा अघिकांश बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् ।

नेपाल बैंकर्स संघका अनुसार, २० वटा वाणिज्य बैंकमध्ये १४ वटा बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने ६ वटाले स्थिर राखेका छन्। असोज महिनामा व्यक्तिगत निक्षेपको औसत ब्याजदर ५.४६ प्रतिशत रहेकोमा कात्तिक महिनामा घटेर ५.२० प्रतिशत कायम भएको छ। एक महिनामा वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दतिको औसत ब्याजदर ०.२६ प्रतिशतले घटेको छ ।

विगत केही समयदेखि बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर निरन्तर रुपमा घट्दै आएको छ । निक्षेपको ब्याजदर घटेसँगै कर्जाको ब्याजदर पनि घट्छ । बैंकहरुको ब्याजदर घट्दा पनि बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा प्रवाह भने हुन सकेको छैन । अहिले बैंक तथा वित्तीय संस्थामा साढे ११ खर्बभन्दा धेरै अधिक तरलताको अवस्था छ । उद्योगीव्यवसायिको आत्मविश्वास गुम्दा कर्जाको माग नभएको बैंकरहरुले बताउँदै आएका छन्।

कात्तिक महिनाका लागि सबैभन्दा बढी ब्याजदर घटाउने बैंकमा माछापुच्छ्रे बैंक र एनएमबि बैंक रहेका छन्। यी दुई बैंकले व्यक्तिगत तथा संस्थागत मुद्दति निक्षेपको अधिकतम औषत ब्याजदर १ प्रतिशतविन्दुले घटाएका हुन्। नेपाल बैंक, सिद्धार्थ बैंक, राष्ट्रिय वाणिज्य बैंक, कुमारी बैंक, ग्लोबल आइएमई बैंक र हिमालयन बैंकले भने यी दुबै निक्षेपमा असोज महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्।

कात्तिकका लागि १४ वटा बैंकले ब्याजदर घटाएका छन् भने ६ बैंकले ब्याजदर स्थिर राखेका छन् । कात्तिक महिनाका लागी ग्लोबल आइएमई बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा ६ प्रतिशत, एनआईसी एशिया बैंकले ५.७५ प्रतिशत, सानिमा बैंकले ५.६५ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकले ५.५० प्रतिशत, नेपाल बैंकले ५.२५ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र सिटिजन्स बैंकले ५ प्रतिशत ब्याज दिने भएका छन्।

यसैगरी, माछापुच्छ्रे बैंक, एनएमबि बैंक, प्राइम कमर्सियल बैंक, नेपाल एसबीआई बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक र सिद्धार्थ बैंकले ५ प्रतिशत दिने भएका छन् । यस्तै, नबिल बैंकले ४.९५ प्रतिशत, प्रभु बैंकले ४.९५ प्रतिशत ब्याज दिने भएका छन् । यस्तै, कात्तिकमा एभरेष्ट बैंक, कुमारी बैंक र हिमालयन बैंकले ४ प्रतिशत, कृषि विकास बैंकले ४.९५ प्रतिशत र लक्ष्मी सनराइज बैंकले ४.७५ ब्याज दिने भएका छन् ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu