कपिलवस्तुमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु
कपिलवस्तु–
कपिलवस्तुको मायादेवी गाउँपालिका–१ बर्रोहियामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
तौलिहवा–भैरहवा सडकखण्ड अन्तर्गत बुधबार राति करिब २ बजे तौलिहवाबाट भैरहवातर्फ जाँदै गरेको लु १८ प ८७६९ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको लु प्र ०१–००१ ख नम्बरको ट्रकले ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।
दुर्घटनामा मोटरसाइकल चालक मायादेवी गाउँपालिका–६ डुम्राका २५ वर्षीय ओसामा मोहम्मद मुसलमान गम्भीर घाइते भएका थिए।
घाइते अवस्थामै उनलाई उपचारका लागि कपिलवस्तु अस्पताल ल्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
दुर्घटनापछि ट्रक र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।