Connect with us
Kapilvast Forest

रवि लामिछानेले सञ्चालनमा ल्याएकाे ब्लु बस’ बन्द भएको छैनः रास्वपा

२०८२, २० पुष आईतवारमा प्रकाशित

चितवन-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चितवनले क्षेत्र नम्बर २ मा सञ्चालनमा रहेको ‘ब्लु बस’ सेवा बन्द नभएको बताएको छ । ब्लुबस बन्द भएको भन्दै समाचार सार्वजनिक भएपछि खण्डन गर्दै रास्वपा चितवनले बस मर्मतका लागि केही दिन रोकिएको जनाएको छ ।

रास्वपा चितवनका सभापति कृष्ण प्रसाद भुसालले शुक्रवार एक प्रेस विज्ञप्ति जारी गर्दै ‘ब्लु बस’ सेवा बन्द नभई मर्मतका लागि केही दिन रोकिएको स्पष्ट पारे ।

मर्मत कार्य सम्पन्न गरी आगामी दुई दिनभित्रै बस पुनः सञ्चालनमा ल्याइने उनले बताएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘रास्वपा सभापति प्रतिनिधि सभा निर्वाचन २०७९ मा अत्यधिक मत ल्याएर निर्वाचित भए सँगै विशेष गरी महिलाहरूका लागि सञ्चालनमा ल्याइएको ब्लु बस केही दिनदेखि मर्मत सम्भारको लागि राखिएको थियो र अब एक दुई दिनमा नै मर्मत पश्चात् पुनः सञ्चालनमा ल्याइने ब्यहोराको जानकारी सम्पूर्णमा गर्न चाहन्छौँ ।’

सभापति रवि लामिछानेले आफ्नो निर्वाचन क्षेत्रका महिलाहरूलाई सहज र निःशुल्क यातायात सेवा प्रदान गर्ने उद्देश्यले यो बस सञ्चालनमा ल्याएका थिए ।

blue-bus-1767499621.jpg

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu