Connect with us
Kapilvast Forest

विवादका बीच कांग्रेसको विशेष महाधिवेशन आह्वान हुँदै

२०८२, २३ पुष बुधबारमा प्रकाशित

काठमाडौं-

नेपाली कांग्रेसमा विवादका बीच आज विशेष महाधिवेशन आह्वान हुँदैछ ।विशेष महाधिवेशन पक्षधरले गठन गरेको ‘दोस्रो विशेष महाधिवेशन सचिवालय’ले आज प्रतिनिधिहरूलाई विशेषका लागि आह्वान गर्न लागेको हो ।विशेषका लागि सचिवालयका तर्फबाट शान्ति सुरक्षाका व्यवस्थाका लागि स्थानीय प्रशासनमा पत्राचार गरेका नेता मनोजमणि आचार्यले आज विशेष महाधिवेशन आह्वान गरिने जानकारी दिए ।

‘हामी ११ बजेतिर पत्रकार सम्मेलन गरेर विशेष महाधिवेशन अभियानकर्ता पक्षधरको तर्फबाट प्रतिनिधि सबैलाई आमन्त्रणका लागि आह्वान गर्छौं,’ उनले भने ।नेता आचार्यले पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पनि विशेष महाधिवेशनको आह्वान गर्ने तयारी रहेको पनि बताए ।‘आज कार्यसम्पादन समिति बैठकपछि महामन्त्रीजीहरूले पनि यो विषयमा आह्वान गर्नुहुन्छ,’ उनले भने, ‘प्रेस रिलिज गरेर पनि सक्नुहुन्छ, भिडियो क्लिपमार्फत् पनि बोलाउन सक्नुहुन्छ ।’

नेता आचार्यले सचिवालयको तर्फबाट मंगलबार शान्ति सुरक्षाको व्यवस्थाका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका थिए ।विशेष पक्षधरले महाधिवेशनका लागि यसअघि नै भृकुटीमण्डप ‘बुकिङ’ गरिसकेको छ ।सचिवालयले विशेष महाधिवेशनका लागि विभिन्न समितिहरू पनि गठन गरिसकेको छ ।महामन्त्रीद्वय थापा र शर्मा पक्षले नियमित महाधिवेशनको कार्यतालिका प्रभावित भएकाले अब विशेष महाधिवेशनको विकल्प नभएको जनाएको छ । तर सभापति शेरबहादुर देउवा पक्षले भने फागुन २१ को प्रतिनिधि सभा निर्वाचन अगाडि विशेष महाधिवेशन गर्न नसकिने जनाएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu