कांग्रेस संस्थापन पक्षका २५ केन्द्रीय सदस्य छुट्टै छलफलमा
काठमाडौं-
नेपाली कांग्रेसको संस्थापन पक्षीय २५ केन्द्रीय सदस्यहरूको समूह पार्टीमा देखिएको विवाद समाधानका लागि भन्दै छुट्टै छलफलमा जुटेको छ ।सभापति शेरबहादुर देउवा, इतर समूहका नेता शेखर कोइराला तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग भेटेर विवाद समाधानको उपाय खोज्न आग्रह गरिसकेको उक्त समूह शुक्रबार आन्तरिक छलफलमा जुटेको हो ।छलफल ललितपुरको कुपण्डोलमा आयोजना गरिएको केन्द्रीय सदस्य डा। डिला संग्रौलाले जानकारी दिइन् ।
केन्द्रीय सदस्य आङगेलु शेर्पाका अनुसार कोइरालासँग पार्टीमा चुलिएको महाधिवेशनसम्बन्धी विवादको व्यवस्थापनका लागि मध्यमार्गी निकास निकाल्न छलफल भएको थियो ।यसअघि निर्वाचनअगावै नियमित महाधिवेशन हुनुपर्ने ‘लबिङ’ गरेको यो समूहले २२ पुसमा नेता डा। शेखर कोइरालासँग छलफल गरेको थियो ।समूहका सदस्यहरुले त्यसअघि १८ पुसमा सभापति शेरबहादुर देउवालाई भेटेका थिए । सोही दिन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग पनि छलफल गरेको थियो । २५ जनाको यो समूह १५ औं महाधिवेशनको कार्यतालिकाबारे बहस चलिरहेका बेला निर्वाचनअगावै हुनुपर्ने पक्षमा उभिएको थियो ।