कांग्रेस नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक बस्दै
काठमाडौं –
नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । नयाँ नेतृत्व चयन भएपछि पहिलो बैठक बस्न लागेको हो ।बैठक बिहान साढे ११ बजेका लागि नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा बोलाइएको छ ।विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वले शुक्रबार आधिकारिकता पाएपछि । आज पहिलो बैठक बस्न लागेको हो । बैठकमा सबै पदाधिकारी र सदस्यहरुलाई उपस्थितिका लागि अनुरोध गरिएको छ ।