शोक प्रस्ताव पारित गरेर सकियो राष्ट्रिय सभाको चालु अधिवेशनको पहिलो बैठक
काठमाडौं –
शोक प्रस्ताव पारित गर्दै राष्ट्रिय सभाको बैठक स्थगित भएको छ। आइतवार सिंहदरबारमा बसेको चालु अधिवेशको पहिलो बैठक शोक प्रस्ताव पारित गरेको सकिएको हो। बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिबाट प्राप्त पत्रको व्यहोरा जानकारी गराए।
साथै राष्ट्रिय सभा सदस्य बलदेव बोहराको निधनमा शोक प्रस्ताव प्रस्तुत गरे। प्रस्तावलाई सभाले सर्वसम्मत पारित गर्दै उनको निधनमा एक मिनेट मौनधारण समेत गर्यो। शोक प्रस्ताव पारित भएसँगै राष्ट्रिय सभाको अर्को बैठक माघ ९ गतेका लागि बोलाइएको छ।