कांग्रेसले रुपन्देहीका पाँचवटै क्षेत्रमा टुंग्यायो उम्मेदवार
बुटवल –
नेपाली कांग्रेसले रुपन्देहीका ५ वटै क्षेत्रका उम्मेदवारको टुंगो लगाएको छ । जस अनुसार क्षेत्र नंं १ मा हिरा केसी, क्षेत्र नंं २ मा चुन्नु पौडेल, क्षेत्र नंं ३ शुशिल गुरुङ,क्षेत्र नंं ४ मा आशुतोष मिश्र र क्षेत्र नंं ५मा भरतकुमार शाहले टिकट पाएका छन् ।
क्षेत्र नं १ मा टिकट पाएका खत्री देवदहका पुर्व नगर प्रमुख र क्षेत्रीय सभापति हुन् । २ मा टिकट पाएका पौडेल व्यवसायी र सामाजिक पृष्ठभूमिका हुन् । ३ का उम्मेदवार गुरुङ क्षेत्र नं ३ का सभापति हुन् । ४ का मिश्र नयांँ उम्मेदवार हुन् ।
५ का उम्मेदवार शाह रुपन्देही ५ बाट तीनपटक संघीय सांसद जितेका नेता हुन् । २०७९ मा भने उनी एमालेका उम्मेदवारसँग पराजित भएका थिए ।
केसी,गुरुङ र शाह यसअघि शेरबहादुर देउवा पक्षमा थिए । तर दोस्रो विधान महाधिवेशनमा गगन–विश्व पक्षमा खुलेका हुन् ।