Connect with us
Kapilvast Forest

फागुन पहिलो हप्ताभित्रै मतपत्र निर्वाचन क्षेत्रमा पुर्‍याइने

२०८२, ९ माघ बिहीबारमा प्रकाशित

काठमाडौं –

निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुराइसक्ने जनाएको छ ।माघ ९ गते उम्मेदवारहरूलाई निर्वाचन चिन्ह प्रदान गरिने र त्यसपछि प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु हुने आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले माघभित्र प्रत्यक्षतर्फको मतपत्र छपाइ सम्पन्न गरेर फागुनको पहिलो हप्ताभित्र सवै स्थानमा मतपत्र पुराइसक्ने बताए ।त्यस्तै समानुपातिकतर्फ डेड करोड मतपत्र छपाइ भइसकेको र बाँकी ५० लाख मतपत्र छपाइ कार्य अन्तिम चरणमा पुगेको उहाले जानकारी दिए ।उहाले निर्वाचनका लागि ५१ मध्ये ३७ वटा सामाग्री सम्बन्धीत जिल्लामा नै खरिद गर्ने व्यवस्था गरिएको बताए ।

बाँकी रहेका १४ वटा सामाग्रीहरु माघ महिनाको तेश्रो हप्ताभित्र प्राप्त गर्ने र खण्ड खण्ड बनाएर ढुवानी गरिने उनको भनाइ छ ।उनले गलत सूचना नियमन गर्न निरन्तर आयोगले काम गरिरहेको र नियमनकारी निकायसँग सहकार्य गरेर कारवाहीको दायरा ल्याउने काम भएको उल्लेख गरे ।निर्वाचन कार्यक्रम अन्तर्गत उम्मेदवारको नामावली प्रकाशन गरेपछि शुक्रबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ ।

माघ ९ गते दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । त्यसै दिन दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको आयोगले जनाएको छ ।आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि तीन हजार ४ सय ८७ को उम्मेदवारी दर्ता भएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu