कांग्रेस मुख्य सचिव पौडेलले दिए राजीनामा
काठमाडौं –
नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले राजीनामा दिएका छन् ।विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएपछि उनले पदबाट राजीनामा दिएका हुन् ।मुख्यसचिव पौडेलले राजीनामा दिएको एक पदाधिकारीले पुष्टि गरेका छन् । पौडेलले राजीनामा दिएकै कारण सचिव प्रकाश शर्माले बिहीबार केन्द्रीय कार्यसमिति बैठकबारे सूचना जारी गरेका थिए ।
नयाँ नेतृत्व चयन भएपछि शुक्रबार पहिलो पटक केन्द्रीय कार्यालयमा केन्द्रीय कार्यसमिति बैठक बस्दैछ ।बैठकले नव निर्वाचित सभापति गगनकुमार थापालाई भावी प्रधानमन्त्री घोषणा गरिने पदाधिकारी स्रोतले जानकारी दिएको छ ।