Connect with us
Kapilvast Forest

गगनलाई प्रधानमन्त्री उम्मेदवार घोषणा गरेर चुनावमा जाँदै कांग्रेस

२०८२, १० माघ शुक्रबारमा प्रकाशित

काठमाडौं-

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ। कांग्रेसका सचिव प्रकाश शर्माका अनुसार पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक दिउँसो १ बजे बस्ने भएको हो। कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र केन्द्रीय सदस्य पहिलो पटक केन्द्रीय कार्यालय सानेपा पुग्नुेछन्।

उपसभापति पुष्पा भुसालले सभापति गगनकुमार थापासहित पदाधिकारीले पदभार ग्रहण गरेपछि बैठक बस्ने बताइन्। उनका अनुसार फागुन २१ गते तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई दृष्टिगत गरी सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने प्रस्ताव बैठकमा प्रस्तुत हुने छ। उनले निर्वाचन अभियानसँग सम्बन्धित समिति गठन गर्ने र समसामयिक राजनीतिक सन्दर्भमा पनि छलफल हुने बताइन्।

नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले राजीनामा दिउका छन्। उनलाई पूर्वसभापति शेरबहादुर देउवाले १३ औँ महाधिवेशनमा नेतृत्वमा निर्वाचित भएपछि पार्टीको मुख्य सचिव पदमा नियुक्त गरेका थिए। राष्ट्रिय सभा सदस्य पौडेलले पार्टीको मुख्य सचिवबाट बिहीबार राजीनामा दिएका हुन्। उनले मुख्य सचिवबाट राजीनामा दिए पनि कांग्रेस पार्टीमा निरन्तर क्रियाशील रहने प्रस्ट पारे।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu