Connect with us
Kapilvast Forest

इन्टरनेटमा सीमित गरेर कुनै पनि भूगोल बुझ्न सकिँदैन : बालेन शाह

२०८२, ११ माघ शनिबारमा प्रकाशित

तेह्रथुम-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन शाहले चुनावी अभियानलाई कागजी बहसमा सीमित नराखी प्रत्यक्ष अनुभूतिमा आधारित बनाउनुपर्ने बताएका छन् ।झापा–५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका शाहले तेह्रथुम पुगेर म्याङ्लुङको देवीथान क्षेत्रमा स्थानीय मतदातासँग अन्तरक्रिया गर्दै  यस्तो बताएका हुन् ।स्थानीयसँगको संवादमा शाहले कुनै पनि जिल्लालाई रिपोर्ट, किताब वा इन्टरनेटमा मात्र सीमित गरेर बुझ्न नसकिने बताए ।

उनले तेह्रथुमको भूगोल, हावापानी र यहाँका जनजीवनलाई प्रत्यक्ष महसुस गरेपछि मात्र वास्तविक समस्या चिन्न सकिने बताए । ‘तेह्रथुमको नाम कागजमा पढ्न सकिन्छ, विकिपिडियामा पनि भेटिन्छ’, शाहले भने, ‘तर यहाँ आएर यहीको माटोमा बसेर, यहीँका मान्छेसँग कुरा गरेपछि मात्र त्यो ठाउँको वास्तविकता बुझिन्छ । भोलि संसदमा कुरा उठाउँदा अनुमान होइन, अनुभूतिको आधार चाहिन्छ ।’

उनले इन्जिनियरिङ पृष्ठभूमिबाट आएको उल्लेख गर्दै ठूला र अव्यवहारिक योजनाभन्दा स्थानीय तहबाटै सुरु गर्न सकिने काममा जोड दिनुपर्ने धारणा राखे ।तेह्रथुमको कृषि उत्पादन क्षमताको प्रशंसा गर्दै उनले उत्पादन भए पनि बजार व्यवस्थापन कमजोर रहेको समस्या मुख्य चुनौतीका रूपमा औंल्याए ।

कार्यक्रममा रास्वपा तेह्रथुमका उम्मेदवार सुरेन्द्र कार्कीको समेत सहभागिता रहेको थियो । भेटघाटका क्रममा उठेका विषय र सुझावलाई आगामी नीति तथा योजनामा समेट्ने उद्देश्यले आफूहरू जिल्ला–जिल्ला पुगेको शाहको भनाइ थियो ।झापा–५ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका शाह पूर्वी नेपाल केन्द्रित चुनावी अभियान अन्तर्गत इलाम, ताप्लेजुङ र पाँचथर हुँदै तेह्रथुम आइपुगेका हुन् ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu