Connect with us
Kapilvast Forest

लुम्बिनीमा सुरु भयो राष्ट्रिय सभाको मतदान

२०८२, १२ माघ आईतवारमा प्रकाशित

दाङ –

लुम्बिनी प्रदेशमा पनि राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदान सुरु भएको छ । बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान जारी रहनेछ ।राष्ट्रिय सभा सदस्यका लागि लुम्बिनी प्रदेशबाट तीन पदका लागि ८ जनाको उम्मेदवारी परेको छ । नेपाली कम्युनिष्ट पार्टीमा अन्य समूहतर्फ वृहस्पति अधिकारी नेपाली कांग्रेसबाट चन्द्रबहादुर अधिकारी र राष्ट्रिय जनमोर्चाबाट बोमबहादर खत्री चुनावी मैदानमा उभिएका छन् ।त्यस्तै महिला समूहतर्फ नेकपा एमालेबाट रामकुमारी झाँक्री र  नेपाली कम्युुनिष्ट पार्टीबाट दुर्गाकुमारी भण्डारी र राष्ट्रिय जनमोर्चाबाट पद्यमा पण्डित चुनावी प्रतिस्पर्धामा छन् ।

त्यस्तै अपाङ्गता समूहतर्फ सर्जन बि.क. र बासुदेव घिमिरे रहेका छन् ।प्रदेशसभा सदस्यतर्फ ८३ र स्थानीय तहका २१७ जनाले मतदान गर्दै छन् । ८७ प्रदेससभा सदस्यमध्ये नेपाली कम्युनिष्ट पार्टीका धनबहादुर मास्कीयसअघि नेपाली कम्युनिष्ट पार्टीमा रहेकी प्रगतीशील लोकतान्त्रिक पार्टीकी कृष्णा केसी नागरिक उन्मुक्ति पार्टीबाट प्रदेश सभा सदस्य जितेका धर्मबहादुर चौधरी हाल उज्यालो पार्टी नेपालबाट प्रतिनिधिसभा सदस्य  र राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका छन् ।कन्हैया बानियाँले पनि मतदान गर्न पाउने छैनन । प्रदेशसभा सदस्यबाट राजीनाम दिइसकेका छन् ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu