Connect with us
Kapilvast Forest

केही नयाँ जोखिमहरू उठाउनुपर्ने छ : गगन थापा

२०८२, २७ माघ सोमबारमा प्रकाशित

काठमाडौं –

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सडक, सिँचाइजस्ता जनजीवनसँग प्रत्यक्ष जोडिएका आयोजना समयमै गुणस्तरीय र पारदर्शी रूपमा सम्पन्न गर्नु आफ्नो पार्टीको प्रतिबद्धता भएको बताएका छन् ।उनले सोमबार सामाजिक सञ्जाल फेसबुकमा सवा सात मिनेट लामो भिडियो सन्देश जारी गर्दै सो जानकारी दिएका हुन् । ‘हाम्रोमा पूर्वाधार समयमै नबन्ने ठूलो समस्या छ । यसले विकासको लागत त बढाएको छ नै सँगै अर्थतन्त्रको इकोनोमिक प्रोडक्टिभिटीमा पनि ठूलो असर पारेको छ, जसको अपरचुनिटी कस्ट अत्यन्तै उच्च छ,’ भिडियोसँगै थापाले लेखेका छन्, ‘सडक, सिँचाइजस्ता जनजीवनसँग प्रत्यक्ष जोडिएका आयोजना समयमै गुणस्तरीय र पारदर्शी रूपमा सम्पन्न गर्नु हाम्रो प्रतिबद्धता हो ।’

जादु गरेको जस्तो, चमत्कार गरेको जस्तो समस्याको हल निस्किन्छ भनेर सोच्दा अर्को पाँच वर्ष पनि खेर जाने भन्दै उनले आगामी पाँच वर्ष खेर नजाने गरी काम गर्नुपर्ने भिडियो सन्देशमा उल्लेख गरेका छन् ।‘यसका लागि हाम्रो कानुनमा सुधार गर्नु पर्नेछ । हाम्रो संस्थागत क्षमता बढाउनु पर्नेछ । हाम्रो सार्वजनिक संस्थाहरूको केही काम गर्ने तरिकाहरू फेर्नु पर्नेछ । केही फाइनाइन्सको नयाँ मोडेलहरू हामीले अभ्यास गर्नुपर्ने छ,’ सभापति थापाले भनेका छन्, ‘केही नयाँ जोखिमहरू हामीले उठाउनु पर्नेछ । प्राइभेट सेक्टरलाई पनि सँगसँगै विश्वास गरेर लिएर जानु पर्नेछ । हाम्रो अनुगमन गर्ने तरिकाहरू बदल्नु पर्नेछ ।’

पाँच वर्षमा पूर्वाधारको क्षेत्रमा नेपालले एउटा रुपान्तरणकारी परिवर्तन गर्‍यो भन्ने कुरा स्थापित गर्न सकिने कुरामा आफूलाई विश्वास रहेको सभापति थापाको भनाइ छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu