Connect with us
Kapilvast Forest

बदरमत घटाउन आयोगले २५ करोड खर्चेर मतदाता शिक्षा सञ्चालन गर्दै

२०८२, २७ माघ सोमबारमा प्रकाशित

काठमाडौं –
प्रतिनिधिसभा निर्वाचन आउन २४ दिन बाँकी छ। राजनीतिक दलहरुले चुनावी गतिविधि तिब्र पारेका छन् भने निर्वाचन आयोगको ध्यान मतदाता शिक्षा कार्यक्रमतर्फ केन्द्रित रहेको छ। निर्वाचन आयोगले आम मतदातालाई निर्वाचनका बारेमा जानकारी गराउने उद्देश्यका साथ मतदाता शिक्षा कार्यक्रमलाई तीव्र रूपमा अगाडि बढाएको हो।
निर्वाचन आयोगले मतदाता शिक्षाका लागि २५ करोड रकम छुट्याएको छ। आयोगले जिल्ला निर्वाचन कार्यालयमा कर्मचारी र स्वयंसेवक परिचालन गर्नेछ। २३ हजार मतदान अधिकृत लगाएतका कर्मचारी परिचालन गरेर आयोगले मतदाता शिक्षा सञ्चालन गर्नेछ। यस्तै स्वास्थ्य स्वयंसेविकालाई परिचालन गर्ने आयोगको तयारी छ।आगामी फागुन ३ गतेदेखि १७ गतेसम्म मतदाता शिक्षा सञ्चालन गर्ने आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिए। घिमिरेका अनुसार मतदाता शिक्षाका लागि निर्वाचन आयोगले २५ करोड रकम छुट्याएको छ।
मतदातालाई मताधिकारका सचेत गराउने तथा सही मतसङ्केतका लागि प्रशिक्षित गर्ने उद्देश्यले निर्वाचन आयोगले डिजिटल प्लेटफर्ममा निरन्तर सचेतना सामग्री सम्प्रेषण गरिरहेको छ। मतदातालाई सही र वास्तविक सूचना प्रदान गर्ने तथा मत बदर हुने अवस्थालाई कम गर्न शिक्षा कार्यक्रम अगाडि बढाइएको आयोगले जनाएको छ।

प्रभावकारी मतदाता शिक्षाले मतदातालाई मतदान प्रक्रिया, मतसङ्केत र मिथ्या सूचना पहिचान गर्ने क्षमता अभिवृद्धि हुने तथा स्वतन्त्र, निष्पक्ष तथा विश्वसनीय निर्वाचन सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्ने आयोगले विश्वास लिएको छ । प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ गतेका लागि तय भएको छ। प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत १६५ सदस्य र समानुपातिक निर्वाचन प्रणालीमार्फत ११० जना निर्वाचित हुने व्यवस्था छ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu