Connect with us
Kapilvast Forest

टी–२० विश्वकपमा आज तीन खेल हुँदै

२०८२, ७ फाल्गुन बिहीबारमा प्रकाशित

काठमाडौं । टी–२० विश्वकप क्रिकेटमा समूह चरण अन्तर्गत आज पनि तीनवटा खेल हुँदैछन्।

आजका खेलहरूमा वेस्ट इन्डिजले इटालीको सामना गर्दैछ भने आयोजक श्रीलंकाले जिम्बाब्वेसँग र अफगानिस्तानले क्यानडासँग प्रतिस्पर्धा गर्नेछन्।

पूर्वविजेता वेस्ट इन्डिजले यसअघि नै लगातार जित निकाल्दै सुपर–एटमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ। समूह सीमा रहेको वेस्ट इन्डिजका लागि आजको खेल आफ्नो अपराजित यात्रा कायम राख्ने अवसर हुनेछ।

अर्कोतर्फ, प्रतियोगिताबाट बाहिरिसकेको इटालीका लागि यो खेल केवल प्रतिष्ठाको लडाइँ र अनुभव बटुल्ने माध्यम मात्र हुनेछ। यी दुई टोलीबीचको खेल बिहान सवा ११ बजे भारतको इडेन गार्डेन मैदानमा हुनेछ।

यस्तै समूह बीबाट आयोजक श्रीलंका र जिम्बाब्वेबीच प्रतिस्पर्धा हुँदैछ। यी दुवै टोली सुपर–एट मा पुगिसकेका छन्। त्यसैले आजको यो भिडन्त समूह विजेता को बन्ने भन्ने निर्णयका लागि रोचक हुनेछ।

जिम्बाब्वेले अस्ट्रेलियालाई हराएर सनसनी मच्चाइसकेको हुनाले घरेलु टोली श्रीलंकाका लागि यो खेल कठिन हुनसक्छ। यो खेल कोलम्बोमा दिउँसो सवा ३ बजे सुरु हुनेछ।

आजै साँझ सवा ७ बजे चेन्नईमा हुने खेलमा सुपर एटको दौडबाट बाहिरिसकेका अफगानिस्तान र क्यानडा बीच प्रतिस्पर्धा हुँदैछ।

अफगानिस्तानका लागि यो खेल विश्वकपमा सुखद अन्त्य गर्ने मौका हुनेछ भने क्यानडाले पनि बलियो टोलीविरुद्ध आफ्नो छाप छोड्ने प्रयास गर्नेछ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu