Connect with us
Kapilvast Forest

बजेट नदिएको भन्दै वडा अध्यक्षको असन्तुष्टि

२०८२, १० फाल्गुन आईतवारमा प्रकाशित

न्युजसेन्टर नेपाल-
कपिलवस्तु — विजयनगर गाउँपालिका वडा नं. ३ का अध्यक्ष हृदय विकास चौधरी ले झिंगहा–मैनरी–पत्थरदेईया–जगदीशपुर–देउपुरा हुँदै तृपालनगरसम्म जोड्ने सडकखण्डको अवस्थालाई लिएर सार्वजनिक रूपमा असन्तुष्टि जनाएका छन् ।

उनले विकास र बजेट वितरणमा विभेद भएको आरोप लगाउँदै सत्तारूढ दलप्रति कडा टिप्पणी गरेका हुन् ।
सामाजिक सञ्जालमार्फत जारी वक्तव्यमा अध्यक्ष चौधरीले उक्त सडकलाई “हजारौँ श्रमजीवी नागरिकको स्वाभिमान र भविष्यसँग जोडिएको मेरुदण्ड” भएको उल्लेख गर्दै हालसम्म स्तरोन्नति नहुनु दुःखद रहेको बताएका छन् । उनका अनुसार सो क्षेत्र लामो समयदेखि धुलो र हिलोको समस्याबाट ग्रस्त छ ।

चौधरीले केन्द्रदेखि स्थानीय तहसम्म एउटै राजनीतिक शक्तिको प्रभाव रहेको समयमा पनि मुख्य बस्ती जोड्ने सडक उपेक्षित भएको दाबी गरेका छन् । उनले बजेट विनियोजन र कार्यान्वयन प्रक्रियामा पारदर्शिता नभएको आरोपसमेत लगाए ।

उनले सार्वजनिक रूपमा तीन बुँदे प्रश्न अघि सारेका छन्— यदि सडकका लागि बजेट विनियोजन भएको थियो भने आधिकारिक ‘रातो किताब’को प्रमाण सार्वजनिक गर्नुपर्ने, आन्दोलनका कारण बजेट रोकिएको दाबी सत्य हो भने अन्य योजना कसरी अघि बढे भन्ने स्पष्ट गर्नुपर्ने, तथा अपारदर्शी ठेक्कापट्टा प्रक्रियाबारे जवाफ दिनुपर्ने ।

वक्तव्यमा उनले आगामी फागुन २१ गतेको निर्वाचनलाई विकासको मूल्यांकन गर्ने अवसरका रूपमा लिन आग्रह गर्दै मतदातालाई सडक, शिक्षा, स्वास्थ्यलगायत आधारभूत आवश्यकताका विषयमा स्पष्ट धारणा बनाएर मतदान गर्न अनुरोध गरेका छन् ।

यता, नेकपा एमालेका स्थानीय नेताहरूले भने आरोप अस्वीकार गर्दै विकास योजनाहरू प्रक्रियागत ढिलाइ र सीमित स्रोतका कारण प्रभावित भएको दाबी गरेका छन्। उनीहरूले आवश्यक बजेट र योजनाबारे आधिकारिक धारणा सार्वजनिक गर्ने बताएका छन् ।
विजयनगर वडा नं. ३ मा सडक पूर्वाधारको विषय अहिले स्थानीय राजनीतिक बहसको केन्द्र बनेको छ । सरोकारवालाहरूले पारदर्शिता, समान वितरण र प्रत्यक्ष अनुगमनमार्फत समाधान खोज्नुपर्नेमा जोड दिएका छन् ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu