रुकुमपूर्व–१ मा प्रचण्डको अग्रता कायम
नेपाली कम्युनिष्ट पार्टीमका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रुकुमपूर्व–१ मा सुरुवाती मतगणनाबाटै अग्रता कायम गरेका छन् ।
हालसम्मको मतपरिणाम अनुसार प्रचण्डको अग्रता छ । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका लीलामणि गौतम छन् ।
सुरुवाती चरणको मतगणनामा नै प्रचण्डले उल्लेखनीय अन्तरसहित अग्रता बनाएका छन् भने मतगणना जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।