दाङ । दाङमा मोटरसाइकल दुर्घटना हुदाँ एक युवकको मृत्यु भएको छ ।
घोराही –१० सौडिकुलामा मोटरसाइकल दुर्घटना हुँदा ३० वर्षीय बेलबहादुर पुनको मृत्यु भएको हो । यस्तै दुर्घटना गम्भीर घाइते भएका धनबहादुर घर्तीको राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा उपचार भइरहेकोे छ ।