Connect with us
Kapilvast Forest

सामुहिक बलात्कारका आरोपी कमलेश शरण चौधरी धरौटीमा छुटे

२०८२, २२ चैत्र आईतवारमा प्रकाशित

कपिलवस्तु
बुटवलमा एक बर्ष अघि भएको सामूहिक बलात्कार घट्नामा मतियार बनेका कपिलवस्तु शुद्दोधन गाउँपालिका अध्यक्ष कमलेश चौधरी धरौटिमा छुटेका छन् ।

पुरक जाहेरीका आधारमा चैत १५ गते उनी विरूद्द मुद्दा दर्ता भए संगै फरार रहेका चौधरी आईतबार रूपन्देहि जिल्ला अदालतमा हाजिर भएका थिए ।

भैरहवा १५ लाई सामूहिक बलात्कारको आरोपमा चौधरी आज विहान सरकारी वकिल कार्यालय रूपन्देहीमा हाजिर भएका छन् ।

आजै भएको बहसमा अध्यक्ष चौधरी सामुहिक बलात्कार घटनामा संलग्न रहेको प्रमाणित भएको छ । आज भएको थुनछेक बहस पछी चौधरीले रु ८ लाख रूपैयाँ धरौटी राखेर छुटेका छन ।

पीडित परिवार जिल्लाको आदेश चित्तबुद्ध नभएको भन्दै आरोपी कमलेश चौधरीलाई थुनामा राखेर अनुसन्धान गर्न उच्च अदालतमा पुनवेदन गर्ने बताएका छन्।

यही चैत्र १५ गते पीडित परिवारले सरकारी वकिलको कार्यालय रुपन्देहीमा मुद्दा दायर गरेका थिए । उक्त घटनामा संलग्न सन्त राम यादव पक्राउ परेका छन् ।

भने राजेश्वर चौधरी अझैसम्म फरार रहेका छन्।
मुद्दा नटुङ्गेसम्म चौधरीले पालिका अध्यक्षको कार्यभार लिन नपाउने कानुनी व्यवसायी बताउँछन्।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu