नेपालगञ्जबाट काठमाडौ आउदै गरेको बस बनकसवासामा दुर्घटना
कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसवासामा मध्यराती
यात्रुवाहक बस दुर्घटना भएको छ । नेपालगञ्जबाट काठमाडौ आउदै गरेको भे १ ख ४३७६ नम्बरको बस गएराति १२ः३० बजे दुर्घटनामा परेको हो । दुर्घटनामा २६ जना घाइते भएका छन्। घाइतेमध्ये आठ जनाको अवस्था मध्यम र १८ जनाको अवस्था सामान्य छ ।
घाइतेमध्ये दुई महिला र दुई पुरुषको बुटवलमा तथा तीन पुरुषको संजिवनी सामुदायिक अस्पताल, चन्द्रौटामा उपचार भइरहेको छ। दुर्घटनामा घाइते भएका १२ जना उपचारपछि डिस्चार्ज भएर घर फर्किसकेका छन्।
बसमा चालकसहित ३७ जना सवार रहेको प्रहरीले जनाएको छ।