Connect with us
Kapilvast Forest

इरान र अमेरिकाबीचको वार्ता ‘निष्कर्षविहीन’, अब के हुन्छ ?

२०८२, २९ चैत्र आईतवारमा प्रकाशित

काठमाडौ । इरान र अमेरिकाबीच पाकिस्तानको इस्लामाबादमा भएको शान्तिवार्ता कुनै निष्कर्षमा नपुगेको अमेरिकी पक्षले जनाएको छ।

हामी यहाँ २१ घण्टादेखि छौँ। तर दुःखद समाचार के छ भन्दा हामी सहमतिमा पुग्न सकेनौँ,अमेरिकी उपराष्ट्रपति जेडी भान्सले वार्तापछि एउटा पत्रकार सम्मेलनमा भने।

आफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गरेका उपराष्ट्रपति भान्सले अमेरिकी वार्ता टोली अमेरिका फर्केको छ ।
उनले संयुक्त राज्य अमेरिकाले उसका लक्ष्मणरेखाहरू प्रस्ट पारेको तर इरान ती शर्तहरूमा सहमत नभएको उल्लेख गरेका छन् ।

वार्ताप्रति अमेरिकी नीतिको चर्चा गर्दै भान्सले पत्रकारहरूलाई भने मलाई लाग्छ हामी बिल्कुल लचिलव थियौँ, हामी एकदमै मिल्न सक्ने रूपमा थियौँ। उनले घण्टौँसम्म चलेको क्रममा राष्ट्रपति डोनल्ड ट्रम्पसँग कैयौँ पटक कुराकानी गरेको पनि जानकारी दिए।

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघईले वार्ताहरू सघन भए पनि त्यसको सफलता अर्को पक्षको गम्भीरता एवं असल नियतमा निर्भर गर्ने बताएका छन्। उनले अत्यधिक माग तथा नाजायज आग्रहहरू नगर्न तथा इरानका वैध अधिकार एवं स्वार्थहरू स्वीकार्न वाशिङ्गटनलाई आग्रह गरेका छन् ।

होर्मुज जलमार्ग, इरानको पारमाणविक कार्यक्रम इरानमा युद्धको पूर्णतः अन्त्य लगायतका विषयमा आफूहरूले छलफल गरेको उनले बताए।

केही दिनअघि दुई साताका लागि युद्धविराम गर्न सहमत भएका अमेरिका र इरानबीच पाकिस्तानको मध्यस्थतामा शान्तिवार्ता भएको हो।छ हप्ता लामो युद्ध अन्त्य गर्ने प्रयासमा दुवै देशका प्रतिनिधिमण्डल सन् १९७९ को इस्लामिक क्रान्तिपछि पहिलो पटक उच्चस्तरीय वार्ता गर्न पाकिस्तानको राजधानी इस्लामाबाद पुगेका थिए।

इरानका सभामुख समेत रहेका इरानी वार्ता टोलीका नेता मोहम्मद बाकर कलिबाफले वाशिङ्टनले सही सम्झौता प्रस्ताव गरेमा र इरानको अधिकार सुनिश्चित गरेमा तेहरान सहमतिका लागि तयार रहेको बताएका थिए।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu