राप्रपा नेता एवं पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ
काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता एवं पूर्वमन्त्री विक्रम पाण्डे काठमाडौंबाट पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले पाण्डेलाई पक्राउ गरेको हो ।
सार्वजनिक खरिद प्रणाली ह्याक गरेर ठेक्का आफ्नो कम्पनीलाई पारेको कसुरमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पाण्डे कालिका कन्स्ट्रक्सनका सञ्चालक हुन् ।
सिक्टा सिँचाइ आयोजनामा भ्रष्टाचार गरेको कसुरमा पाण्डेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ मा मुद्दा दायर गरेको थियो ।