Connect with us
Kapilvast Forest

कपिलवस्तुमा सशस्त्रका डिएसपी सम्मान थाप्दै, सिपाही मुक्का खादै

२०८३, १६ बैशाख बुधबारमा प्रकाशित

कपिलवस्तु
सामूहिक बलात्कार जस्तो जघन्य अपराधमा मुछिएर भर्खरै धरौटीमा छुटेका पालिका अध्यक्ष संग आर्शिवाद थाप्न गएपछि कपिलवस्तुको चाकरचौडा शशस्त्र गुल्मका डिएसपी दिपेन्द्र विष्ट विवादित बनेका छन् ।

कन्चनपुर ३५ नम्बर गण बाट सरुवा भई आईतबार मात्र गुल्ममा आएका विष्ट मंगलबार विहानै बलात्कार अभियोगमा आरोपी शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेश शरण चौधरी संग टीका थाप्न गएका थिए ।
चौधरीले डिएसपीलाई टीका लगाएको तस्वीर सामाजिक सन्जालमा पोस्ट गर्नुभएको छ ।

रुपन्देही जिल्ला अदालतले चैत २२ गते ८ लाख धरौटी लिएर छाडेका चौधरीले डिएसपी विष्टलाई आफ्नै कार्यकक्षमा खादा तथा टीका लगाइदिएका थिए ।

यसै पालिकाका उपाध्यक्ष होमप्रकाश चौधरीले चैत २३ गते चाकरचौडा शशस्त्र गुल्म मातहतको विओपी हथिहवाका शशस्त्र हवल्दार भीमबहादुर चौधरी माथि मुक्का प्रहार गरेको आरोपमा ज्यान मार्ने उद्योगको मुद्धा चलिरहेको छ ।

यसै बिचमा अध्यक्ष तथा डिएसपी बिचको नजिकिदो सम्बन्धले मुद्धा फितलो बनाउने खेल भइरहेको समेत स्थानीयबासीले आशंका गरिरहेका छन् । त्यहि पालिकाका जनप्रतिनिधी माथि शशस्त्र हवल्दारको ज्यान मार्ने उद्योग दर्ता हुने र त्यहि पालिका अध्यक्ष संग डिएसपी आएको अर्को दिन नै आर्शिवाद थाप्न जानुले पीडित हवल्दार चौधरीले न्याय नपाउने हुन कि भन्ने आशंका जन्मिएको छ ।
एकातिर पदिय मर्यादा अर्को तर्फ शशस्त्र प्रहरीको अनुशासन आचारसंहिता उलङ्घन गरेको भन्दै तल्लो स्तरका शशस्त्र जवानहरुले डिएसपीमाथि अनुशासनको कारवाही हुनुपर्ने बताउछन् ।

“ एक त सीमानामा तनाव बढिरहेको छ, झन हाकीम आफै विवादित जनप्रतिनिधी संग आर्शिवाद थाप्न गएपछि हाम्रो मनोबल कसरी बलियो हुन्छ“ चाकरचौडाका एक शशस्त्र हवल्दारले भने । चैत २३ गतेकै हवल्दार कुटपिट घट्नामा बुझ्न कपिलवस्तु शशस्त्रका एसपी गोपाल अधिकारीलाई हेड्क्वाटर बोलाईएको थियो ।

यता कपिलवस्तुको चाकरचौडा शशस्त्र गुल्मका डिएसपी दिपेन्द्र विष्टले गाउँपालिका अध्यक्ष चौधरीले कार्यकक्षमा बोलाएर सम्मान गर्नुभएको स्विकार गर्नुभयो । डिएसपीले खादा माला लगाउदैमा केही फरक नपर्ने विष्टले बताउनुभयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu