ग्यासको मूल्य बढ्यो, डिजल र पेट्रोलको घट्यो
काठमाडौं । नेपाल आयल निगमले स्वचालित मूल्य प्रणाली बमोजिम इन्धनको मूल्य समायोजन गरेको छ।
पेट्रोल प्रति लिटर रु. २.०० ले घटाइएको नेपाल आयल निगमले जनाएको छ । तेस्रो वर्ग (काठमाडौँ, पोखरा र दिपायल) मा अब पेट्रोलको मूल्य प्रति लिटर रु. २१७.०० कायम भएको छ।
डिजेल र मट्टितेल: प्रति लिटर रु. १२.०० ले गिरावट आएको छ। तेस्रो वर्गमा यसको नयाँ मूल्य रु. २२५.०० तोकिएको छ। खाना पकाउने ग्यास प्रति सिलिन्डर रु. १५०.०० ले वृद्धि भई अब रु. २१६०.०० (१४.२ केजी) पुगेको छ।
हवाई इन्धन: आन्तरिकतर्फ प्रति लिटर रु. ७.०० र अन्तर्राष्ट्रियतर्फ प्रति किलोलिटर अमेरिकी डलर ४६ ले वृद्धि गरिएको छ।