नदिजन्य पदार्थ चोरी गर्दै गरेको अवस्थामा एक्साभेटर लोडर तथा ट्रिपर नियन्त्रणमा
अवैध रूपमा नदिजन्य पदार्थ चोरी गर्दै गरेको अवस्थामा शशस्त्र प्रहरीले एक्साभेटर लोडर तथा ट्रिपर नियन्त्रणमा लिएको छ ।
अगिया खोलामा अवैध वालुवा उत्खननगर्दै गरेको लोडर मेशिन र टिप्पर बुधबार दिउसो नदिबाटै नियन्त्रणमा लिईएको थियो ।
विशेष सुराकीको आधारमा बुद्धभूमि नगरपालिका ९ स्थित अगिया खोलाबाट सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प चौरीले नियन्त्रणमा लिएको थियो ।
सशस्त्र प्रहरीका अनुसार लु १ क ४१८२ नम्बरको जेसीबी प्रयोग गरी लु १ ख ६२३५ नम्बरको टिप्परमा वालुवा लोड गरिरहेको अवस्थामा दुवै सवारी साधन नियन्त्रणमा लिइएको हो।
नियन्त्रणमा लिइएका सवारी साधनलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि बुद्धभूमि नगरपालिका पठाइएको छ।
शशसत्र सुरक्षा बेस चौरीका शशस्त्र प्रहरी निरिक्षक कृष्ण बहादुर केसीका अनुसार प्राकृतिक स्रोत तथा साधनको अवैध दोहन रोक्न नियमित अनुगमन र निगरानीलाई तीव्र बनाइएको छ।
कानुनविपरीत हुने यस्ता गतिविधिमाथि कडा कारबाही गरिने र आवश्यक कारवाहीका लागि बुद्धभूमि नगरपालिका मा पठाइएको उनले बताए