Connect with us
Kapilvast Forest

जेनजी प्रदर्शन : उल्ट्याइँदै कार्की आयोगको सिफारिस

२०८३, १५ असार सोमबारमा प्रकाशित

काठमाडौं । ‘जेनजी’ प्रदर्शनबारे गौरीबहादुर कार्की संयोजकत्वको समितिले सुरक्षा निकायका सम्बन्धमा गरिएका सिफारिस कार्यान्वयनका विषयमा अध्ययन गर्न गठित अर्को समितिले प्रतिवेदन लेखनको काम थालेको छ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले तत्कालीन सरकारले बनाएको कार्की नेतृत्वको आयोगले सुरक्षाकर्मीका हकमा गरेको सिफारिसबारे पुनः छानबिन गर्न भन्दै वैशाख २ गते अर्को समिति गठन गरेको थियो ।

समिति संयोजकमा उच्च अदालतका पूर्वन्यायाधीश प्रेमराज कार्की छन् । सदस्यमा नेपाल प्रहरीका पूर्वएआईजी टेकप्रसाद राई र सशस्त्र प्रहरी बलका एआईजी सुबोध अधिकारीलाई राखिएको थियो ।

हाल यही समितिले कार्की नेतृत्वको आयोगले गरेर सिफारिसमा टेकेर सुरक्षाकर्मीको भूमिकाबारे थप छानबिन गरिरहेको छ । प्रेमराज नेतृत्वको समितिले पनि भदौ २३ र २४ गतेको घटनाबारे फिल्डमा खटिएका प्रहरी अधिकारीसित सोधपुछ गरेको छ ।

कार्की नेतृत्वकै आयोगको सिफारिसका आधारमा प्रहरीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको थियो । यद्यपि, ओली, लेखकबारेको अनुसन्धान प्रतिवेदन प्रहरीले सरकारी वकिल कार्यालयमा बुझाएको छैन ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu