सन्तुलित तथा प्रभावकारी कूटनीति सञ्चालन गरिने : परराष्ट्रमन्त्री
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले सरकारले आर्थिक कूटनीतिलाई सुदृढ गर्दै नेपालको राष्ट्रिय हित, लगानी प्रवद्र्धन र विदेशमा रहेका नेपालीको सेवा–सुविधालाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षका कार्यक्रम अघि बढाउने बताएका छन्।
मंगलबार राष्ट्रियसभाको बैठकमा बोल्दै उनले परराष्ट्र मन्त्रालयको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय हितलाई केन्द्रमा राखेर सन्तुलित तथा प्रभावकारी कूटनीति सञ्चालन गरिने बताए।
उनले आगामी आर्थिक वर्षका लागि परराष्ट्र मन्त्रालय र मातहतका निकायका लागि ८ अर्ब ७३ करोड रुपैयाँ बजेट प्रस्ताव गरिएको जानकारी दिए।