ऐन महरले संसद् बैठकमै भने- सरकार मुर्दावाद
उनले राहदानी विभाग अगाडि आत्मदाह गर्ने मुगुका २५ वर्षीय गणेश नेपालीको मृत्युलाई ‘राज्यले गरेको हत्या’ को संज्ञा दिए। महरले सरकार स्टन्टमा मात्र केन्द्रित भएको आरोप लगाए । ‘स्टन्ट गर्ने बानी सरकारले छोड्नुपर्छ । राज्यले नागरिकलाई आत्मदाह गर्ने ठाउँमा पुर्याएको छ,’ उनले भने।
महरले ‘यो सरकार मुर्दावाद’ भन्दै आफ्नो भनाइ टुङ्ग्याए।