आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको उपचारको क्रममा मृत्यु
काठमाडौं । सर्लाहीको गोडैता नगरपालिकामा आत्मदाह प्रयास गरेर विवेक मण्डलको काठमाडौंमा उपचारको क्रममा निधन भएको छ ।
गत शुक्रबार हेलिकप्टरबाट काठमाडौं ल्याएर कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत मण्डलको आज बिहान निधन भएको हो ।
शुक्रबार साँझ साढे ७ बजे कीर्तिपुरको बर्न अस्पताल पुर्याइएका मण्डलको आईसीयूमा राखेर उपचार भइरहेको थियो । उनको आज बिहान २:०५ बजे निधन भएको हो । मण्डलको शरीरको ८५ प्रतिशत भाग जलेको थियो ।
२५ वर्षीय विवेकले शुक्रबार आफूमाथि पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका थिए । उनी घरबाट करिब २ सय मिटर टाढा गएर आफ्नै शरीरमा आगो लगाएका थिए ।