Connect with us
Kapilvast Forest

नेपालमा चेरी क्यू नाइमा एक्स्पोमार्फत सार्वजनिक हुने, ४ सय किमिसम्म ड्राइभिङ रेन्ज

२०८३, ३१ असार बुधबारमा प्रकाशित

काठमाडौं। चेरी ब्रान्डको आधिकारिक वितरक पायोनियर मोटो कर्पले विश्वप्रसिद्ध रेडडट डिजाइन अवार्ड २०२५ तथा इफ डिजाइन अवार्ड २०२६ प्राप्त गरेको चेरी क्यूलाई नाइमा मोबिलिटी एक्स्पोमा नेपालमा पहिलोपटक सार्वजनिक गर्ने भएको छ।

ग्राहकले ११ देखि १६ अगस्तसम्म भृकुटीमण्डपमा आयोजना हुने नाइमा मोबिलिटी एक्स्पो २०२६ मा पहिलो पटक अन्तर्राष्ट्रिय पुरस्कार विजेता चेरी क्यूलाई प्रत्यक्ष रूपमा अवलोकन गर्न सक्नेछन्।

दैनिक सहरी यात्रालाई सहज र आरामदायी बनाउने उद्देश्यले विकास गरिएको चेरी क्यूमा ४१.२ किलोवाट क्षमताको ब्याट्री तथा ९० किलोवाट क्षमताको विद्युतीय मोटर जडान गरिएको छ, जसले एनइडीसी मापदण्डअनुसार करिब ४०० किलोमिटरसम्मको ड्राइभिङ रेन्ज प्रदान गर्ने अपेक्षा गरिएको छ। रियल ह्वील ड्राइभ प्लेटफर्ममा आधारित अर्बन क्रसओभरले उत्कृष्ट ड्राइभिङ अनुभवसँगै उच्च ऊर्जा दक्षता पनि प्रदान गर्दछ।

आधुनिक डिजाइन, अन्तर्राष्ट्रिय स्तरमा सम्मानित गुणस्तर तथा अत्याधुनिक विद्युतीय प्रविधिको संयोजन भएको चेरी क्यूले नेपालको बढ्दो विद्युतीय सवारी बजारमा नयाँ मापदण्ड स्थापित गर्ने विश्वास कम्पनीको छ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu