कपिलवस्तुको मायादेवी रिर्सोटमा खाना खाएका सबैलाई झाडापखाला, प्रशासनद्वारा रिसोर्ट सन्चालनमा रोक
कपिलवस्तु-
कपिलवस्तु जिल्लाको बाणगंगा १ वैरीयामा रहेको मायादेवि रिर्सोटमा एक कार्यक्रममा सहभागी भई खाना खाएका सबैलाई झाडापखाला लागेको छ ।
गत मंगलबार रोटरी क्लव अफ कपिलवस्तु मिडटाउनले आयोजना गरेको कार्यक्रममा सहभागीलाई गुणस्तरहिन खाना रिर्सोटले खुवाएपछि झाडापखाला लागेको हो ।
करिव सय जना सहभागी भएको उक्त कार्यक्रममा खाना खाएपछि सवैलाई झाडापखाला लागेको बताइएको छ ।
रिर्सोटको लापरबाहीका कारण यस्तो भएको हाल अस्पतालमा उपचाररत एक सहभागीले जानकारी दिए ।
घटनालाई सामसुम पार्न खोजीएपछि स्थानिय नारायण पौडेलले प्रहरीमा उजुरी समेत दिएका छन । झाडापखालाका कारण अहिले स्थानिय तथा बुटवलका अस्पतालमा समेत उपचार भई रहेको छ ।
खाना खाएका सबैलाई झाडापाखाला भएपछि जिल्ला प्रशासन कार्यालयको टोलीले अनुगमन गरेर स्याम्पल सङ्कलन गरेको छ ।
प्रमुख जिल्ला अधिकारीका अनुसार रिसोट तत्कालका लागि सञ्चालन नगर्न निर्देशन दिएको छ ।
उक्त कार्यक्रममा गएका कपिलवस्तुका उच्च पदस्थ व्यक्तिहरू समेतलाई झाडापखाला भएको थियो ।
कार्यक्रममा स्थानिय पत्रकार, प्रहरी अन्य अथिति तथा आयोजक सबै बिरामी परेपछि अवस्था बिकराल बनेको हो । साथै समुदाय स्तरमा पनि झाडापखाला भैलने होकी भन्ने त्रास बढेको छ ।
रिर्सोटकै लापरबाहीकारण गत जेठमा स्वीमिग पुलमा डुबेर एक जनाको मृत्यु भएको थियो । जसबापत रिर्सोटले ९ लाख क्षतिपुर्ति समेत तिरेको थियो । जुन स्वीमिग पुल मापदण्ड बिपरित सञ्चालनमा समेत रहेको छ ।