Connect with us
Kapilvast Forest

बलात्कार मुद्दामा सरकारी गाडीको दुरुपयोग

२०८३, ४ भाद्र बिहीबारमा प्रकाशित

न्युज सेन्टर नेपाल

कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरी बलात्कार मुद्दामा आरोपित रहेकै बेला सरकारी सवारी साधन प्रयोग गरी उच्च अदालत बुटवल पुगेको पाइएको छ ।

उच्च अदालत बुटवलमा बिहीबार थुनछेक बहसका लागि पुगेका अध्यक्ष चौधरीले गाउँपालिकाको लु १ झ ४८२ नम्बरको स्कोर्पियो प्रयोग गरेको देखिएको हो । सरकारी सवारी साधन लिएर बाहिरी जिल्ला जाँदा आवश्यक स्वीकृति लिनुपर्ने व्यवस्था भए पनि अध्यक्ष चौधरीले स्वीकृति लिएको नलिएको विषयमा प्रश्न उठेको छ ।
बलात्कार मुद्दामा अदालतमा थुनछेक बहस चलिरहेका बेला गाउँपालिकाको सरकारी सवारी साधन व्यक्तिगत प्रयोजनमा प्रयोग गरिएको विषयले सरकारी स्रोतसाधनको उपयोग र पदाधिकारीको जिम्मेवारीमाथि समेत प्रश्न उठाएको छ ।

प्रमुख जिल्ला अधिकारीमार्फत स्वीकृति नलिई सरकारी सवारी साधन लिएर बाहिरी जिल्ला जानु नियमविपरीत हुने बताइएको छ ।
अध्यक्ष चौधरीले भने आफू उच्च अदालत बुटवल गएको स्वीकार गरेका छन् । उनले आफू बिरामी भएकाले औषधि उपचारका लागि बुटवल गएको र सोही क्रममा उच्च अदालत परिसर पुगेको स्विकार गरे ।

कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी जनार्दन घिमिरेका अनुसार सरकारी गाडी बाहिरी जिल्ला लैजानका लागि आफूहरूले अनुमति नदिएको उनले बताए ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu