Connect with us

कपिलवस्तुमा ठूलो परिमाणमा रेडिमेड सर्ट बरामद

२०८३, १९ आश्विन सोमबारमा प्रकाशित

न्युज सेन्टर नेपाल-

कपिलवस्तु-

कपिलवस्तुको शिवराज नगरपालिका–१ शिवपुर कोलनी चोकबाट प्रहरीले ८२ लाख ५३ हजार १ सय ४४ रुपैयाँ बराबरको रेडिमेड सर्ट र कन्टेनर नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय सुन्दरीडाँडा कपिलवस्तुबाट प्रहरी निरीक्षक आदर्श गिरीको कमाण्डमा खटिएको ७ जनाको प्रहरी टोलीले आज बिहान करिब १०ः३० बजे पूर्व–पश्चिम राजमार्गमा काठमाडौँबाट दाङतर्फ जाँदै गरेको बा.प्र.०१००७ ख ०४३० नम्बरको कन्टेनरलाई शंका लागेर चेकजाँच गरेको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले जानकारी दिनुभयो ।

चेकजाँचका क्रममा कन्टेनरभित्र ७ हजार १ सय ५२ पिस रेडिमेड सर्ट फेला परेको प्रहरीले जनाएको छ । ती सामानको बिलमा बिजक नम्बर उल्लेख नभएको र बिलमा सम्बन्धित फर्म पोल्ट्री फर्मका रूपमा दर्ता भएको देखिएपछि सामानसहित कन्टेनर नियन्त्रणमा लिइएको हो ।

प्रहरीका अनुसार बरामद रेडिमेड सर्टको मूल्य प्रतिपिस ६५० रुपैयाँका दरले ४६ लाख ४८ हजार ८ सय रुपैयाँ रहेको छ । १३ प्रतिशत भ्याटसहित उक्त सामानको मूल्य ५२ लाख ५३ हजार १ सय ४४ रुपैयाँ कायम गरिएको छ ।

त्यस्तै, कन्टेनरको अनुमानित मूल्य ३० लाख रुपैयाँ रहेको प्रहरीले जनाएको छ । सामान र कन्टेनरसहित कुल मूल्य ८२ लाख ५३ हजार १ सय ४४ रुपैयाँ बराबर रहेको छ ।

नियन्त्रणमा लिइएको कन्टेनर तथा सामानलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय कृष्णनगर पठाइएको छ  ।

पछि आन्तरिक राजस्व कार्यालयको समन्वय तथा सुरक्षाको दृष्टिकोणलाई ध्यानमा राख्दै कन्टेनर र त्यसमा रहेको सामान इलाका प्रहरी कार्यालय सुन्दरीडाँडामै राखिएको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीको सप्राईज चेकजाँच अन्तरगत सुरक्षा कडा बनाईएपछि ती समाग्रीहरु बरामद गरिएको प्रहरी नायब उपरीक्षक सिंहले बताउनु भयो ।

सामानसँग सम्बन्धित बिल तथा अन्य आवश्यक कागजात र कन्टेनर चालकलाई भने प्रहरी सहायक निरीक्षक रामबहादुर कामीको कमाण्डमा दुई जना प्रहरीको जिम्मा लगाई आन्तरिक राजस्व कार्यालय कृष्णनगर पठाइएको छ।

बिलबिजक, फर्मको विवरण तथा सामानको स्रोतबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बरामद सामानको राजस्व तथा करसम्बन्धी विवरणसमेत परीक्षण गरिने बताइएको छ ।

घटनाबारे थप अनुसन्धान तथा आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले जानकारी दिनुभयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu