Connect with us
Kapilvast Forest

दशैँ अवधिमा कपिलवस्तुमा ३६ सवारी दुर्घटना, ४ जनाको मृत्यु

२०८३, ८ कार्तिक शनिबारमा प्रकाशित

न्युज सेन्टर नेपाल-
नेपालीहरूको महान् पर्व दशैँको अवधिमा कपिलवस्तुमा ३६ वटा सवारी दुर्घटना भएका छन् । असोज २५ गतेदेखि कार्तिक ४ गतेसम्मको अवधिमा भएका दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ भने १८ जना गम्भीर र ३७ जना सामान्य घाइते भएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजन ढकालका अनुसार दशैँको अवधिमा सवारी दुर्घटनामा परी ५५ जना घाइते भएका छन् । चाडपर्वको समयमा सवारीसाधनको आवागमन बढ्ने भएकाले सडक सुरक्षामा विशेष ध्यान दिनुपर्ने देखिएको छ ।

त्यस्तै, चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म कपिलवस्तुमा २०२ वटा सवारी दुर्घटना भएका छन् । उक्त अवधिमा दुर्घटनामा परी १९ जनाको मृत्यु भएको प्रहरी निरीक्षक ढकालले जानकारी दिनुभयो ।

तीन महिनाको अवधिमा भएका दुर्घटनामा ९६ जना गम्भीर र २४७ जना सामान्य घाइते भएका छन् । यस अवधिमा सवारी दुर्घटनाका कारण मानवीय क्षतिसमेत उल्लेख्य देखिएको छ ।

दशैँको अवधिमा मात्रै ३६ वटा दुर्घटना हुनु र तीन महिनाको अवधिमा १९ जनाले ज्यान गुमाउनुले जिल्लामा सवारी दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षा सचेतनालाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखाएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu