निसाले टिकट किन नपाउने ? एक जनालाई पटक पटक किन अवसर ?
सनिउल्ला धोबी
कपिलवस्तु- २०५९ साल देखि सक्रिय पत्रकारिता गर्दै आउनु भएकी निशा विश्वकर्मा नेकपा एमाले शिवराज नगरपालिकाको उप प्रमुख पदमा टिकटको लागि प्रवल दाबेदार हुन ।
नेपाल पत्रकार महासघंको पुर्व केन्द्रिय सदस्य समेत रहेकी विश्वकर्मालाई पत्रकारिता सगसगै समाजिक रुपमा परिचीत मानिन्छ । एक दर्जन भन्दा बढी सन्चार क्षेत्रमा काम गरेकी विश्वकर्मा विगत लामो समय देखि प्रेस चौतारीमा आबद्ध भई काम गर्दै आउनु भएको छ ।
निसा नेकपा एमाले कपिलवस्तुका सचिव सिवि गहतराजको श्रीमती हुन ।
विभिन्न आन्दोलनमा सशक्त आवाज उठान गर्दै आउनु भएको विश्वकर्माले नेकपा एमाले शिवराजबाट उपमेयर पदको बलियो दावी सहित मैदानमा देखिनु भएको छ ।
यस भन्दा पहिले नेकपा एमाले शिवराजबाट शिव कुमारी चौधरीले उप प्रमुखको टिकट पाएर बिजयी हुनु भएको थियो ।
चौधरी पुनः उप मेयरको दावी सहित टिकट पाउने दाउमा रहेको पाइन्छ । शिवराजमा थारु समुदायको साथ रहेकोले टिकट आफुले पाउनु पर्ने दावी सहित टिकट माग गर्नु भएको हो ।
। चौधरीले एक पटक अवसर पाइसकेकाले अब पालो निसा विश्वकर्माको रहेको धेरैको भनाई रहेको छ । चौधरीले एक पटक अवसर पाएकोले अब अन्यलाई अवसर दिनु पर्ने कार्यकर्ताहरुको माग रहेको छ । धेरैले चौधरीको विपक्षमा आवाज उठाउदै आएको पाइन्छ ।
लामो समय देखि पार्टीको नगरमा विभिन्न पदमा रहेर पार्टी नेतृत्वको काम गरेको निसाले टिकट पाउनु पर्ने उनका समर्थकहरुको भनाइ रहेको छ । निसाले शिवराज नगरमा एमालेका सचिव भएर काम गरेको अनुभव समेत रहेको छ । पार्टीको लागि गरेको योगदानको कदर स्वरुप टिकट निसाले पाउनु पर्ने उनका समर्थकले माग राख्दै आएका छन । आफू सक्षम रहेको भन्दै अब पनि कुनै एक समुदाय तथा जात विशेष हेरेर टिकट बाड्नु गलत हुने उहाको तर्क रहेको छ ।
सबै समुदायलाई समेट्ने गरि अवसर दिनु पर्ने नेतृत्व तहसग निसाको माग रहेको छ ।